+
Search

ताजा अपडेट +

पपुलर +

धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, ३६ जना घाइते
पालिका लाइभ
२०८२ आश्विन १८, शनिबार

रुपन्देही– कपिलवस्तुको वनकसवासामा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।