काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ २९ गतेको निर्णयअनुसार मधेश प्रदेशका २७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् भने २२ पालिकाका हाकिम संघीय निकायतर्फ फिर्ता बोलाइएका छन्। फिर्ता हुनेमध्ये १५ जना गृह मन्त्रालयतर्फ मात्रै छन्।
मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणीका ५२ अधिकृतको जिम्मेवारी हेरफेर भएको छ। तीमध्ये ४१ जना हाल विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए भने ११ जना शाखा अधिकृत तथा प्रशासकीय अधिकृत हुन्। नयाँ पालिकामा पुग्नेमध्ये १७ प्रमुख प्रशासकीय अधिकृत एक पालिकाबाट अर्को पालिकामा सारिएका हुन् भने १० जना जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला समन्वय समिति र मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारीसहित खटिएका छन्।
सरुवा निजामती सेवा ऐनको दफा १८(१) अन्तर्गत भएको छ भने पालिकामा खटाइएकाको हकमा स्थानीय सरकार सञ्चालन ऐनको दफा ८४(४) अन्तर्गत कामकाज गरिएको विवरणमा उल्लेख छ।
भदौ २६ गते मात्रै मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीका २६ र तृतीय श्रेणीका ६२ गरी ८८ कर्मचारीको सरुवा गरेको थियो। तीमध्ये ४८ जना प्रमुख प्रशासकीय अधिकृत थिए। तीन दिनको फरकमा आएको यो दोस्रो निर्णय हो।
धनुषामा औरही गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत कामेश्वर यादव, धनौजी गाउँपालिकामा श्रम तथा रोजगार कार्यालय जनकपुरका शाखा अधिकृत रंजित कुमार यादव र वटेश्वर गाउँपालिकामा इलाका प्रशासन कार्यालय बर्दिवास (महोत्तरी) का शाखा अधिकृत माधव राज न्यौपाने खटिएका छन्।
पर्सामा जगरनाथपुर गाउँपालिकामा विश्रामपुर गाउँपालिका (बारा) का प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी, झिराभवानीमा धोबिनी गाउँपालिका (पर्सा) का कृष्ण प्रसाद खतिवडा, धोबिनीमा सखुवा पसौनी गाउँपालिकाका सजिव कुमार यादव, पकाहामैनपुरमा जिल्ला समन्वय समिति पर्साका शाखा अधिकृत सुमित कुमार सिंह, पटेर्वामा ईशनाथ नगरपालिका (रौतहट) का मोहम्मद नवाज हुसेन, सखुवा पसौनीमा चक्रघट्टा गाउँपालिका (सर्लाही) का रामबाबु प्रसाद कुशवाहा र छिपरमाईमा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत सर्वजीत कुमार झा पुगेका छन्।
बारामा करैयामाई गाउँपालिकामा भंगाहा नगरपालिका (महोत्तरी) का रमेश अधिकारी, विश्रामपुरमा जगरनाथपुर गाउँपालिका (पर्सा) का सन्देश कुमार यादव, देवतालमा बौदीमाई नगरपालिका (रौतहट) का उदय शंकर चौधरी, परवानीपुरमा देवताल गाउँपालिका (बारा) का कृष्ण नन्दन राय, पसौनीमा देवाही गोनाही नगरपालिका (रौतहट) का पवन कुमार केशरी र फेटामा नेपाल न्याय सेवाका मुन्ना साह रौनियार (यसअघि परवानीपुर गाउँपालिका, बारा) खटिएका छन्।
महोत्तरीमा महोत्तरी गाउँपालिकामा विष्णु गाउँपालिका (सर्लाही) का प्रमोद कुमार ठाकुर, सम्सी गाउँपालिकामा मालपोत कार्यालय गरुडा (रौतहट) का मालपोत अधिकृत मोहन कुमार पाठक र एकडारा गाउँपालिकामा बलवा नगरपालिका (महोत्तरी) का उमेश महतो पुगेका छन्।
सर्लाहीमा पर्सा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा छिपरमाई गाउँपालिका (पर्सा) का सजिव साह र चक्रघट्टा गाउँपालिकामा गृह मन्त्रालयका शाखा अधिकृत विनय कुमार गुप्ता खटिएका छन्।
सप्तरीमा छिन्नमस्ता गाउँपालिकामा मन्त्रालयका शाखा अधिकृत मुकेश कुमार चौरसिया, तिरहुत गाउँपालिकामा विष्णुपुर गाउँपालिका (सप्तरी) का उज्जवल आनन्द, महादेवा गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनकपुरका शाखा अधिकृत विनोद कुमार मण्डल र अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा तिलाठी कोइलाडी गाउँपालिका (सप्तरी) का सरोज कुमार कर्ण पुगेका छन्।
सिरहामा भगवानपुर गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय गौर (रौतहट) का शाखा अधिकृत रंजय पटेल र नवराजपुर गाउँपालिकामा फेटा गाउँपालिका (बारा) का राकेश ओझा खटिएका छन्।
संघीय निकायतर्फ फिर्ता बोलाइएकामध्ये १५ जना गृह मन्त्रालय, काठमाडौं वा मातहतका निकायमा छन्। ती हुन्- औरही गाउँपालिका (धनुषा) का उमेश कुमार यादव, पर्सा गाउँपालिका (सर्लाही) का मदन बहादुर थिङ, झिराभवानी (पर्सा) का अमित कुमार गिरी, पकाहामैनपुर (पर्सा) का देव नाथ साह, पटेर्वा (पर्सा) का प्राण मेहता, पसौनी (बारा) का नविन कुमार श्रीवास्तव, एकडारा (महोत्तरी) का रामजी जोशी, पिपरा (महोत्तरी) का सन्तोष कुमार मिश्र, राजगढ (सप्तरी) का सरोज कुमार झा, हनुमाननगर कङ्कालिनी नगरपालिका (सप्तरी) का रमेश प्रसाद यादव, छिन्नमस्ता (सप्तरी) का केशव कुमार झा, रुपनी (सप्तरी) का हरिमोहन सुतिहार, जनक नन्दिनी (धनुषा) का सन्तोष कुमार शर्मा, भगवानपुर (सिरहा) का प्रमोद कुमार साह र नवराजपुर (सिरहा) का सरोज कुमार सिंह।
सूचना तथा सञ्चार मन्त्रालयमा सम्सी (महोत्तरी) का रणजित कुमार यादव, तिरहुत (सप्तरी) का ललन कुमार यादव र महादेवा (सप्तरी) का राज किशोर साह सरुवा भएका छन्। त्यसैगरी भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौंमा धनौजी (धनुषा) का राज कुमार दास र करैयामाई (बारा) का नागेन्द्र यादव पुगेका छन् भने अग्नीसाइर कृष्णासवरन (सप्तरी) का धिरेन्द्र कुमार यादव राष्ट्रिय किताबखाना ललितपुरमा र मिथिला नगरपालिका (धनुषा) का हरि शंकर यादव युवा, श्रम तथा रोजगार मन्त्रालयमा खटिएका छन्।
सोमबारकै अर्को निर्णयमा मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीका नौ जना उपसचिवको सरुवा गरेको छ। तीमध्ये पाँच जना विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । चार जनालाई अर्को पालिकामा सारिएको छ र एक जनालाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ। बैतडीको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेललाई केही महिनामै रक्षा मन्त्रालय र झापाको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटलाई राष्ट्रिय किताबखानामा पठाइएको छ।
प्रतिक्रिया