काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँचदलिय गठबन्धनले चुनावी गठबन्धनका लागि भागबण्डाको अन्तिम तयारी गरेको छ ।
जसमा गण्डकी प्रदेशमा गोरखाका एक र दुइ, लमजुङको एक, कास्कीको निर्वाचन क्षेत्र नं ३, बागलुङको एउटा निर्वाचन क्षेत्र र नवलपुरको एउटा निर्वाचन क्षेत्र माओवादीको कोटामा पर्ने संभावना छ ।
तनहुँ, स्याङ्जा, कास्की १, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वतका निर्वाचन क्षेत्र काँग्रेस लगायतका पार्टीको भागमा पर्ने संभावना देखिन्छ ।
गोरखाको एउटा संघीय निर्वाचन क्षेत्रमा काँग्रेसले दावी गरिरहेको छ तर गठबन्धनको बैठकमा भने यस अघि जितेका स्थानमा कसैले दावी र उम्मेदवारी नगर्ने सहमति भएको छ। सोही अनुसार संघमा काँग्रेसको उम्मेदवार नरहने लगभग पक्कापक्की जस्तै रहेको छ ।
के होला गोरखामा ?
गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादीको चुनाव चिन्ह प्रयोग गर्दै ने.स.पा. अध्यक्ष डा.बाबुराम भट्टराई उम्मेद्वार बन्ने लगभग पक्का जस्तै देखिन्छ भने क्षेत्र नं १ माओवादीले पाएको खण्डमा २०७४ मा निर्वाचित सांसद हरिराज अधिकारी “कुमार“ फेरि दोहोरिने संभावना प्रवल छ।
त्यसोत कांग्रेसले दुई मध्य एउटा निर्वाचन क्षेत्र कुनै पनि हालतमा नछाड्ने तर्क गर्दै आएको छ। क्षेत्र नं २ मा डा. सुरेन्द्र पाण्डे र १ मा चिनकाजी श्रेष्ठ कांग्रेसका बलियो संभावना भएका नेता हुन् ।
डा. सुरेन्द्र पाण्डेलाई प्रदेश टिकट दिएर गण्डकी प्रदेशको मुख्यमन्त्रीको बनाउने कांग्रेसको आन्तरिक तयारी रहेको हल्लापनी राजनितिक बृत्तमा चल्न थालेको छ।
प्रदेश तर्फ भने यस चुनावमा बाबुराम भट्टराईको हात खाली हुने जस्तै देखिन्छ। प्रदेशमा ४ ओटा निर्वाचन क्षेत्र रहेको गोरखामा २ माओवादी र २ कांग्रेसले लिने सिनारियो लगभग देखिएको छ।
प्रदेश तर्फ माओवादीले १ञकझ र २ञकझ कांग्रेसले १ञखझ र २ ञखझ लिने संभावना देखिन्छ। २०७४ को चुनावमा १ञकझमा माओवादी र २ञखझमा कांग्रेस बिजय भएको थियो भने बांकिमा नेसपा र एमालेको उम्मेदवारहरु बिजय भएका थिय।
प्रतिक्रिया