+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको बजेट : सडक र पूर्वाधारका लागि ११ अर्ब १४ करोड

गण्डकीको बजेट : सडक र पूर्वाधारका लागि ११ अर्ब १४ करोड
पालिका लाइभ
२०८० असार १, शुक्रबार

पाेखरा- गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार तथा सडकका लागि ११ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आले मगरबाट गण्डकी प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट विनियोजन गरेका हुन्।

उनले यो बजेटबाट प्रदेशमा थप ३ सय किलोमिटर कालोपत्रे सडक निर्माण हुने तथा २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल बन्ने बताए।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।