+
Search

ताजा अपडेट +

पपुलर +

धेरै समयपछी बाबुराम र प्रचण्ड सँगै, के यसले एकताको संकेत दिन खोजेको हो ?

धेरै समयपछी बाबुराम र प्रचण्ड सँगै, के यसले एकताको संकेत दिन खोजेको हो ?
पालिका लाइभ
२०७९ भाद्र ३१, शुक्रबार

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको निवासमा डिनरका लागि पुगेका छन्।

शुक्रबार साँझ प्रचण्ड टोखास्थित निवासमा डिनरका निम्ति पुगेको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा दुई जनाले आफ्ना त्रुटिको समीक्षा गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए।

‘बादल (रामबहादुर थापा) जीले केही नयाँ गरौं भन्नुभयो। एमालेसँग मिलेर नयाँ प्रयोग गर्न खोजेको, केही नयाँ भएन। हामी आफ्नो बाटो लाग्दा नयाँ नहुँदो रहेछ,’ भेटमा प्रचण्डका भनाइ उद्धृत गर्दै मल्लले भने।

भट्टराईले पनि यही महसुस गरेर एकै ठाउँमा आउने निर्णयमा पुगेको बताएको मल्लले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनमा भट्टराईको दल माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्दैछ।

निर्वाचनपछि भट्टराई माओवादी केन्द्रमै फर्किने चर्चा भइरहेको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।