+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो- मन्त्री बस्नेत

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो- मन्त्री बस्नेत
पालिका लाइभ
२०७५ आश्विन २९, सोमबार

गोरखा – गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी नेकपाले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारका विरुद्ध भ्रम फैलाउने काम भएको बताएका हुन्।

‘अहिले केही सञ्चारमाध्यम र राजनीतिक दलले सरकारले काम गरेन भनेर लान्छाना लगाउने काम भएको छ’, उनले भने, ‘बजेट आएको भर्खरै मात्र हो, विकासको काम प्रक्रियामा हुन्छ ।’

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले स्थानीय तहले ल्याएका बजेट कार्यान्वयनको प्रक्रिया रहेको बताए ।

पछिल्लो समयमा सरकारले जथाभाबी कर वृद्धि गरेको भन्ने चर्को आलोचना भइरहेको भन्दै मन्त्री बस्नेतले कर उठाउने काम नियमित र कानुन संगत नै भएको दाबी गरे ।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।