+
Search

ताजा अपडेट +

पपुलर +

छठ पछाडि सशक्त आन्दोलन हुन्छ, बालेन सरकारको हरिबिजोग हुन्छ : महेश बस्नेत

छठ पछाडि सशक्त आन्दोलन हुन्छ, बालेन सरकारको हरिबिजोग हुन्छ : महेश बस्नेत
एमालेका सचिव महेश बस्नेत
पालिका लाइभ
२०८३ आश्विन ८, बिहीबार

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले दसैँ, तिहार र छठपछि सशक्त आन्दोलन हुने बताएका छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले त्यो आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकारको हरिबिजोग हुने बताएका छन् ।

‘दसैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ उनले भने, ‘र, बालेन सरकार धेरै हदसम्म हरिबिजोग भएर पराजित हुन्छ ।’

पाँच/छ महिनामै बालेन सरकारको मुकुन्डो जनतासामु प्रस्ट भइसकेको बताउँदै उनले जनतामा छरिएका भ्रम पनि निवारण हुन लागेको दाबी गरे ।

जनताका बीचमा एमाले नै आलोचना र आशाको केन्द्रमा रहेको पनि उनले दाबी गरे ।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।