काठमाडौं– प्रभु बैंक लिमिटेडले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ३ करोड रुपैयाँसम्मको घर कर्जा योजना ल्याएको छ।
बैंकले ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ मार्फत घर तथा जग्गा खरिद, घर निर्माण र मर्मतका लागि कर्जा उपलब्ध गराउने भएको हो।
योजनाअन्तर्गत कर्जाको भुक्तानी अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। कर्जाको सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ भने ब्याजदर औसत आधार दरमा वार्षिक ०.५० प्रतिशत थप गरी निर्धारण गरिने बैंकले जनाएको छ।
यो कर्जा बैंकका देशभरका ३०० शाखाबाट लिन सकिनेछ। योजनाअन्तर्गत नयाँ घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर मर्मत तथा घडेरी खरिदका लागि कर्जा लिन सकिने बैंकले जनाएको छ।
घर कर्जा लिने ग्राहकका बढीमा दुई सन्तानलाई नेपाल वा विदेशमा उच्च शिक्षा अध्ययनका लागि पनि सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। यस्तो कर्जाको ब्याजदर औसत आधार दरमा वार्षिक १ प्रतिशत थप गरी निर्धारण गरिनेछ।
शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट तथा पहिलो वर्ष डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।
वैदेशिक रोजगारी तथा विदेशमा बसोबास गरिरहेका नेपालीलाई स्वदेशमा घर तथा जग्गा खरिदका लागि वित्तीय पहुँच सहज बनाउने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ ।
बैंकले यस योजनाले विदेशबाट भित्रिने रेमिट्यान्सलाई औपचारिक बैंकिङ प्रणालीमार्फत परिचालन गर्दै पारिवारिक भविष्य सुरक्षित गर्न र उत्पादनशील क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।








