+
Search

ताजा अपडेट +

पपुलर +

आज एकीकृत समाजवादीमा प्रवेश गर्दै वामदेव

आज एकीकृत समाजवादीमा प्रवेश गर्दै वामदेव
पालिका लाइभ
२०८२ श्रावण २, शुक्रबार

काठमाडौं- एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम शुक्रबार नेकपा एकीकृत समाजवादी प्रवेश गर्दैछन्। एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच राष्ट्रिय सभागृहमा एकता घोषणा हुन लागेको हो ।

सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा अभियानका संयोजक गौतमले सम्बोधन गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए। एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको बताइएको छ।

एकतासम्बन्धी सहमति पत्रमा गत असार २७ गते नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष वामदेव गौतमले हस्ताक्षर गरेका थिए।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतको आदेशमा भंग भएपछि गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए। यसअघि नेकपा एमालेमा जान खोजेका उनी अध्यक्ष केपी शर्मा ओलीको बेवास्ताका कारण रोकिएका थिए।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।