+
Search

ताजा अपडेट +

पपुलर +

४ दिनमा सुनको भाउ १० हजार ८ सय बढ्यो, कतिमा हुँदैछ आज कारोबार?

पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

काठमाडौं– सुनको मूल्यले दैनिक नयाँ रेकर्ड राखिरहेको छ।

अघिल्लो दिनको भन्दा आज सुन तोलामा १ हजार ८०० रुपैयाँले वृद्धि भएको छ।

मंगलबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७६ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा ४ हजार १०० रुपैयाँले बढेर प्रति तोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार सुन प्रति तोला २ लाख ७० हजार ६०० रुपैयाँ थियो। तीन दिनमा सुनको भाउ तोलामा ५ हजार ९०० रुपैयाँले बढेको छ।

चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर प्रति तोला ५ हजार ३४० रुपैयाँ पुगेको छ।

सोमबार चाँदी तोलामा २०५ रुपैयाँ बढेर प्रति तोला ५ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रतिऔंस ४५९६.४८ डलर र चाँदी प्रतिऔंस ८५.६२ डलर पुगेको छ।

सोमबार सुन प्रति‍औंस ४५०९.२ डलर र चाँदी प्रतिऔंस ७९.९१ डलर थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ