+
Search

ताजा अपडेट +

पपुलर +

संकटमा एनआईसी एसिया बैंक

संकटमा एनआईसी एसिया बैंक, नाफा ६८ प्रतिशत घट्यो

संकटमा एनआईसी एसिया बैंक, नाफा ६८ प्रतिशत घट्यो
पालिका लाइभ
२०८१ श्रावण २१, सोमबार

काठमाडौं– एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.९ प्रतिशत घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्ष १ अर्ब ३८ करोड कमाएको छ ।

याे पनि,

एनआइसी एशिया बैंकद्वारा ऋणीको सम्पत्ति हड्प्न ३७ जना कानुन व्यवसायी ‘हायर’

संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?

बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!

धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’

संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट

संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’

संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्‍यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’

संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित

संकटमा एनआईसी एशिया बैंक, सेयर भाउ निरन्तर ओरालो

बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफामा उच्च गिरावट आएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १२ अर्ब २५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १० अर्ब ६१ करोड छ ।

बैंकले लोन लस प्रोभिजनवापत २ अर्ब ८४ करोड रुपैयाँ छुट्याएको छ, अघिल्लो पटक यस्तो प्रोभिजन रकम ७२ करोड थियो । बैंकको खुद नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ३८ रुपैयाँ ४४ पैसा रहेकोमा अहिले ९ रुपैयाँ २६ पैसा छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड ऋणात्मक छ ।

प्रतिसेयर वितरणयोग्य नाफा १५ रुपैयाँ ४५ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ भने रिजर्भमा १७ अर्ब ५५ करोड छ ।

बैंकको निष्क्रिय कर्जा बढेको छ । आघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ०.११ प्रतिशत रहेकोमा अहिले १.७४ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा बैंकको कर्जा प्रवाह ३.९५ प्रतिशत मात्रै बढेको छ । असार मसान्तसम्म कुल २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।