+
Search

ताजा अपडेट +

पपुलर +

एमबाप्पेको दुई गोलका बावजुद हार्‍यो पीएसजी

एमबाप्पेको दुई गोलका बावजुद हार्‍यो पीएसजी
पालिका लाइभ
२०८० भाद्र ३०, शनिबार

पेरिस– किलियान एमबाप्पेको दुई गोलका बावजुद पेरिस सेन्ट जर्मेन नयाँ प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पहिलो हार बेहोर्न बाध्य बनेको छ । टोली निससँग २–३ गाेलले पराजित भएको हो ।

तेरेम मोफीले निसलाई २१ औँ मिनेटमा अग्रता दिलाएका थिए तर एम्बाप्पेले ८ मिनेटपछि नै खेल बराबरीमा ल्याए । गेटान लेबोर्डेले दोस्रो हाफमा पाहुना टोलीलाई पुन: अग्रतामा फर्काए भने नाइजेरियाका मोफीले १८ यार्डबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।

एमबाप्पेले खेलको अन्त्यतिर एक गोल फर्काए पनि बराबरी गर्नका लागि धेरै ढिला भइसकेको थियो । टोलीमा फर्किएपछि यो सिजन चार खेलमा फ्रान्सेली कप्तानको सातौँ गोल थियो ।

३४ वर्षीय इटालियन फ्रान्सेस्को फारियोलीले व्यवस्थापन गरेको निस तालिकामा पीएसजीलाई उछिन्दै मोनाको पछि दोस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।