+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको सम्भाव्यता पनि अध्ययन भएन

काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको सम्भाव्यता पनि अध्ययन भएन
पालिका लाइभ
२०७६ भाद्र २९, आईतवार

काठमाडौं- काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भएपनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) हुन सकेको छैन ।

यसै यता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौँ–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो ।

तर त्यसबारे छलफल भएको वा नभएको सार्वजनिक गरिएको छैन । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा उठेको थियो ।

यसबारे छलफल राम्रै भएको विभागका महानिर्देशक बालाराम मिश्र बताउँछन् । उनका अनुसार काठमाडौँ–रक्सौल रेलबारे सहमति समेत भएको थियो ।

वाङ यीको नेपाल भ्रमणका अवसरमा काठमाडौं–केरुङ रेलमार्गका विषयमा छलफल हुने विश्वास गरिएको थियो तर रेल विभाग र सम्बन्धित मन्त्रालयलाई बोलाएकाे खबर कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।