काठमाडौँ– चर्चित गायक आर के खत्रिको आजावमा ‘चेन छैन’ बोलको गीत आइतबार सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त गीतमा गायक खत्रिको नै शब्द संगीत रहेको छ । उनले ‘सिंगल छु’, ‘खाडि मुलुकमा’, ‘बाध्यो रे’ जस्ता थुप्रै चर्चित गीतहरु गाएर दर्शक र श्रोताको मन जितिसकेका छन् ।
नायिका तथा मोडल अनु शाह र सुनिल घले (रिजोइस)को अभिनय रहेको यस गीतमा छायांकन उत्सब दाहालको रहेको छ ।
बिक्रम मालकीको निर्देशन तथा कोरियोग्राफि रहेको उक्त गीतमा एरेन्ज सलेन्द्र प्रधानको रहेको छ भने सम्पादन बिष्णु खड्काको रहेको छ ।
प्रतिक्रिया