+
Search

ताजा अपडेट +

पपुलर +

कामना सेवा विकास बैंकद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई कोन हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई कोन हस्तान्तरण
पालिका लाइभ
२०८० श्रावण ७, आईतवार

काठमाडौं– कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरीक्षक पोषराज पोखरेललाई २०० थान ट्राफिक कोन र १०० थान सोमा जडान हुने रड हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज/राष्ट्र निर्माणमा योगदान पु¥याउने महत्त्वपूर्ण भूमिकामा रहेको कार्यालयलाई ट्राफिक कोन र सोमा जडान हुने रड हस्तान्तरण गर्न पाउँदा गौरवान्वित महसुस हुनुका साथै उक्त ट्राफिक कोनहरुले काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन र नियन्त्रणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको वताए ।

साथै, आगामी दिनहरुमा समेत सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

ट्राफिक कार्यालयका प्रमुख नायव प्रहरी महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक कोन ट्राफिक अनुशासन र सभ्यता सिकाउने महत्त्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट, बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गाना, प्रहरी उपरीक्षक सन्तोष आचार्य लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।