+
Search

ताजा अपडेट +

पपुलर +

एकै दिन थपिए पाँच सय ८६ कोरोनाको संक्रमित, संक्रमितको संख्या सात हजार नाघ्यो

एकै दिन थपिए पाँच सय ८६ कोरोनाको संक्रमित, संक्रमितको संख्या सात हजार नाघ्यो
पालिका लाइभ
२०७७ असार ३, बुधबार

काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा ५८६ जना कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ५८६ जनाको रिपोर्ट पोजिटिभ आएको बताए।

बुधबार थपिएका संक्रमितमध्ये ४० महिला र ५४६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए।

धरानमा गरिएको परीक्षणमा ५ जना, विराटनगरमा ११ जना, जनकपुरमा २७ जना, वीरगन्जमा ६ जना, राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै भरतपुर अस्पतालमा ३, धुलिखेल अस्पतालमा ९९, शिक्षण अस्पतालमा १, पोखरामा २० जना, रुपन्देहीमा ५९ जना, भेरी अस्पतालमा ३२ जना, दाङमा ३३ जना र सुर्खेत ४ जना जुम्लामा १४ जना, कैलालीमा भएको परीक्षण्मा ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ ७७ पुगेको छ। अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।

बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ।

यस्तै आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ।

अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन्।

५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन्।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।