+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंक र इसिमोडबिच दिगो विकासका लागि सहकार्य

एनएमबि बैंक र इसिमोडबिच दिगो विकासका लागि सहकार्य
पालिका लाइभ
२०८३ आश्विन ९, शुक्रबार

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बिच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारीअनुसार नेपालमा हरित वित्त (ग्रीन फाइनान्सिङ) क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले विज्ञानमा आधारित ज्ञान तथा समाधानलाई वित्तीय अवसरसँग जोडिनेछ। यस सहकार्यले दिगो विकास तथा जलवायु अनुकूलनसँग सम्बन्धित परियोजना र लगानीका अवसर पहिचान तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझेदारीअन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकाससम्बन्धी अनुभवलाई एनएमबि बैंकको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ। यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्‍याउने दिगो परियोजनाहरू पहिचान गर्न सहयोग पुग्ने बताइएको छ।

एनएमबि बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकतामा राख्दै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई अघि बढाउँदै आएको जनाएको छ। बैंकका अनुसार इसिमोडसँगको सहकार्यले विज्ञान, वित्त र दिगो विकासबिचको सम्बन्धलाई थप मजबुत बनाउनेछ।

नेपालमा दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासका लागि यस साझेदारीले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।