+
Search

ताजा अपडेट +

पपुलर +

गगन-विश्वलाई शेखरले भने : के-के कुरा हो लिखित आओस्, अनि मात्रै आउँछु

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष २८, सोमबार

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेकर कोइरालाले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा उनले केही नेताहरूले भृकुटीमण्डप जान सुझाव दिए पनि आफू अहिलेकै अवस्थामा नजाने बताएका हुन् ।

‘तपाईं कति जनाले भृकुटीमण्डपमा जानुपर्छ भन्नुभयो । म जानेवाला छैन । यसरी जानुहुँदैन । मैले यो कुरा सभापतिलाई भनेको छु, कार्यवाहक सभापतिलाई पनि भनेको छु,। गगन-विश्वलाई पनि भनेको छु र गुरु घिमिरेलाई भनेको छु,’ उनले भने, ‘नेतृत्व चयनदेखि केके कुरा हो लिखित रूपमा मैले पाउनुपर्‍यो । बल्ल मात्रै म आउँछु ।’

उनले आफू मात्रै गएर पनि केही नहुने भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजाने वातावरण गगन-विश्वले बनाउनुपर्ने बताए ।

त्यस्तै उनले सभापति शेरबहादुर देउवा भने भृकुटीमण्डप जान नहुने आफ्नो राय रहेको बताए ।

‘सभापतिजी त्यहाँ जानुहुँदैन भन्ने मेरो रिडिङ हो । पूर्णजीलाई लिएर जानुपर्छ,’ उनले भने, ‘म एग्रेसिभ लागिरहेको छु । तपाईँहरूलाई सुतिरहेको छ भन्ने लागेको होला म लागिरहेको छु । सबैसँग समन्वय गरिरहेको छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ