+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा बैंक शाखा खोल्न अर्थमन्त्री खनालले चिनियाँ राजदूतसँग गरे आग्रह

चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने

पालिका लाइभ
२०८२ आश्विन ७, मंगलवार

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल र चीन बैंकिङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना चिनियाँ राजदूत चेङ्ग सोङ्गलाई आग्रह गरेका छन् ।

मन्त्री खनाल र नेपालका लागि जनगणतन्त्र चीनका राजदूत चेङ्ग सोङ्गबीच आज भेटमा यस्तो आग्रह गरेका हुन् ।

मन्त्री खनालले नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदूतलाई अनुरोध गरे ।

मन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

भेटमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए ।

भेटमा राजदूतले चीनले नेपाली जनताको छनौटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताए ।

चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरू सन्तोषजनक रूपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ