+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक:

‘अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो’

पालिका लाइभ
२०८२ श्रावण २९, बिहीबार

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामका कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण नभई विगतका सरकारले गरेका राम्रा कामको प्रभाव अहिले मुलुकको अर्थतन्त्रमा देखिएको र अर्थतन्त्रका सूचकहरू केही सकारात्मक भएको दाबी गरेका हुन् ।

यद्यपि अहिले अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकहरूमा कुनै सुधार नरहेको उनले बताए ।

पुनले अहिले बैंकहरुमा खर्वौँ लगानी योग्य पैसाहरू थुप्रिएर रहे पनि लगानी गर्ने वातावरण बन्न नसकेको जिकिर गरे ।

त्यस्तै उनले वर्तमान सरकारको एकपछि अर्को भ्रष्टाचार र बेथितिका शृङ्खलाको कारण जनतामा चरम निराशा छाएको आरोप लगाए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ