+
Search

ताजा अपडेट +

पपुलर +

कुलिङ पिरियडमा सभापति खतिवडा र मुख्यसचिव अर्याल दोषी ठहर

पालिका लाइभ
२०८२ श्रावण २०, मंगलवार

काठमाडाैं– संघीय निजामती सेवा विधेयक षड्यन्त्रमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

कुलिङ पिरियड छेडखानीमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर भएका छन् ।

लामो छलफलपछि मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत प्रतिवेदन पास भएकाे हाे ।

समितिका सातजनाले नै हस्ताक्षर गरेर प्रतिवेदन फाइनल गरेका हुन् ।

सदस्य ईश्वरी घर्तीका अनुसार खतिवडा नैतिक जिम्मेवार ठहर भएका हुन् भने मुख्यसचिव अर्यालले पदीय आचरणविपरीत क्रियाकलाप गरेको ठहर समितिको छ ।

समितिले प्रतिवेदन आज प्रतिनिधिसभामा प्रस्तुत गर्दै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ