+
Search

ताजा अपडेट +

पपुलर +

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे म तयार छु : माधव नेपाल

पालिका लाइभ
२०८२ असार २७, शुक्रबार

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताएका हुन् ।

आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उनले बताए । अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको दाबी गरे ।

नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उनले जिकिर थियो ।

अध्यक्ष नेपालले अहिले आफूमाथि प्रतिशोध साध्नेहरु पछि आफूले खनेको खाल्डोमा आफैं पनि पर्न सक्ने दाबीसमेत गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ