+
Search

ताजा अपडेट +

पपुलर +

१७ वर्षीया किशोरी बलात्कार आरोपमा नगरपालिका इन्चार्ज पक्राउ

पालिका लाइभ
२०८२ असार १३, शुक्रबार

रुकुम पश्चिम- चौरजहारी नगरपालिकाका इन्चार्ज रेशम केसी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

१७ वर्षीया किशोरी बलात्कार आरोपमा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटकी १७ वर्षीया किशोरीको जाहेरीमा केसी गए राति सानी भेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ परेका हुन् । किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ ।

पक्राउ परेका केसीलाई आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको रुकुम पश्चिम प्रहरीले प्रशासनलाई बतायो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ