+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले सरकार ढल्दैन भनेपछि विपक्षीहरू पुर्पुरोमा हात लगाएर थचक्कै ढले : प्रधानमन्त्री ओली

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय ।
पालिका लाइभ
२०८२ बैशाख १३, शनिबार

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेको टिप्पणी गरेका छन् ।

पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले थाइल्यान्डबाट फर्किएर देउवाले विमानस्थलमै दिएको जवाफले विरोधीहरूलाई चिन्ता थपेको बताए ।

‘शेरबहादुरजीले हिजै जवाफ दिनुभयो । खुई गरेर पुर्पुरोमा हात लगाएर बिचराहरू थचक्क बसे । सरकार ढल्दैन भनेर पछि थुचुक्कै हुँदा रहेछन्, पुर्पुरोमा हात लगाएर,’ संसदीय दलको बैठकमा ओलीले भने ।

उनले देउवा थाइल्यान्ड भ्रमणबाट फर्कनुअघि सरकार ढल्ने भन्दै निकै हल्ला भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गरे ।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ