काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।
शुक्रवार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भने ।
उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए ।
सञ्चारकर्मीहरूले ‘गठबन्धनमा केही समस्या भएको हो?’ भनी सोधेपछि देउवाले भने, ‘त्यस्तो केही भएको छैन।’
‘सत्ता समीकरण परिवर्तन हुन्छ भन्ने छ नि?’ भनेर सोधिएको प्रश्नमा उनले त्यसबारे आफूलाई थाहा नभएको बताए।
प्रतिक्रिया