+
Search

ताजा अपडेट +

पपुलर +

रौतहट पुगेर माधव नेपालले भने- राजा महाराजाको कुनै काम छैन

पालिका लाइभ
२०८१ चैत्र २९, शुक्रबार

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बरबाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन् । उनले जनता भन्दा माथि कोही नरहेको पनि दाबी गरे ।

गरुडामा बिहीबार पार्टीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राजवादीहरूको तीनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे ।

उनले राजावादीहरूद्वारा आफ्नो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तिमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ति जलाउने लगायतका कार्य गरेको उल्लेख गरेका छन् ।

उनले भने,‘चैत्र १५ गते राजावादीहरूले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बरबाद हुनेवाला छ । अव राजा महाराजाको कुनै काम छैन । अव जनता नै सबै थोक हो । हामी सबैको सामु भनिरहेका छौ । हामी जनताको सेवामा लागिरहेका छौ । समाज परिवर्तनमा लागिरहेका छौ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काठमाडौंमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन् ।

पार्टीका नवौँ जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा एकीकृत समाजवादीको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ