+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाबाट पूर्वराजा ज्ञानेन्द्रको सन्देश- देशमा शान्ति चाहिएको छ, केही गर्न कोही डराउन पर्दैन

पालिका लाइभ
२०८१ चैत्र ९, शनिबार

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् ।

गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए ।

उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्न डराउन पर्दैन । देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ ।’

धेरै वर्षपछि आफ्नो जन्मथलो गोरखा आउँदा खुसी लागेको उनको भनाइ छ । पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिक स्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन् ।

15211515 raja in gorkha

पूर्वराजा शाहले शनिवार गोरखा जिल्लामा गोरखकाली र गोरखनाथको पूजाआजा गरेका छन्। शनिवार बिहान १० बजे गोरखा आइपुगेका उनले राजदरबारका कुलदेवता गोरखकाली र गोरखनाथको पूजाआजा सम्पन्न गरे। पूजाआजा १० बजेदेखि १२ बजे सम्म दुई घण्टासम्म चल्यो।

शुक्रवार साँझ चितवनको कुरिनटारस्थित रिभरसाइड रिसोर्टमा बसेर शनिवार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका पूर्वराजालाई राजावादी व्यक्तिहरू, संस्था र पार्टीका कार्यकर्ताहरूले स्वागत गर्दै मोटरसाइकल र्‍यालीका साथ गोरखा भित्र्याएका थिए।

पूजाआजा पछि, दिउसो १ बजे गोरखाका स्थानीयबासीसँग भेटघाट गर्दै स्वागत ग्रहण गरेका थिए। शाह बा २१ च ७३१८ नम्बरको गाडीमा पृथ्वी राजमार्ग हुँदै गोरखा पुगेका थिए। शनिवारको दिन चैत्र कृष्ण अष्टमी र गोरखकाली पूजा पर्व पनि परेको थियो, र सोही अवसरमा पूर्वराजा गोरखा आएका थिए।

151515 raja in gorkha

सप्ताहान्तको भ्रमणको क्रममा, गोरखकाली र गोरखनाथको पूजा गर्दै, शाहले ऐतिहासिक गोरखा दरबार अवलोकन पनि गरेका थिए। यस अवसरमा उनलाई तान्त्रिक देव बज्रभैरवका भक्त बज्राचार्य र बज्रयानहरूले विशेष प्रार्थनासहित टिका र प्रसाद ग्रहण गराए।

शाहको भ्रमणको आन्तरिक व्यवस्थापनको लागि १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो, जसले राजावादीका नारा सहित स्वागत र मोटरसाइकल र्‍याली आयोजना गरेको थियो।

शनिवार अपरान्ह शाह चितवन फर्केर सोही रिसोर्टमा पुनः बसेका छन्।

आइतबार बिहान गोरखा जिल्लाको मनकामना मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ