+
Search

ताजा अपडेट +

पपुलर +

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

पालिका लाइभ
२०८१ मंसिर १, शनिबार

काठमाडौं- आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बनेको छ। मंसिर १ गते कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको हो।

यस क्रममा सबैभन्दा बढी कर तिर्ने संस्थाको सम्मान नेपाल टेलिकमले पाएको हो।

विभागले वस्तु निर्याततर्फ डाबर नेपाल तथा कृषितर्फ बढी कर तिर्नेमा पतञ्जलि आयुर्वेदलाई सम्मान गरेको छ। बैंकतर्फ भने उत्कृष्ट करदाताका रूपमा नबिल बैंकले सम्मान पाएको छ।

त्यस्तै शिक्षातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटनतर्फ तारागाउ रिजेन्सी, वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केटलाई विभागले सम्मान गरेको छ। ऊर्जातर्फ भोटेकोसी हाइड्रोपावर, रेमिटेन्सतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई विभागले सम्मान गरेको छ।

व्यक्तिगत आयकरमा जाउलाखेल ग्रुपका राजबहादुर शाह सम्मानित भएका छन्।

मूल्य अभिवृद्धिकर (भ्याट) बढी तिर्नेमा चिनियाँ लगानीको होग्सी सिमेन्ट परेको छ। यस्तै, सोल्टी इन्टरप्राइजेज र वरुण वेभरेजले पनि उत्कृष्ट करदाताको सम्मान पाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ