+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकद्वारा गण्डकीमा शैक्षिक केन्द्र स्थापना, उच्च शिक्षा हासिल गर्न जानेलाई ऋण दिने

पालिका लाइभ
२०८१ भाद्र ३०, आईतवार

काठमाडौं– प्रभु बैंक ले आफ्नो सेवा परिष्कृत गर्ने क्रममा गण्डकी प्रदेश कार्यालयअन्तर्गत पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ ।

स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रूपमा उपलब्ध गराउने उद्देश्यले गण्डकीमा केन्द्र स्थापना गरिएको हो ।

स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने सहज भूमिकालाई मध्यनजर गर्दै प्रदेश कार्यालयअन्तर्गत उक्त विभाग स्थापना गरिएको बैंकले जनाएको छ ।

हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरू विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तीय लागत परिपूर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने विश्वास गरिएको छ ।

1515 Prabhu bank pokhara Innaguration

सीमित वित्तीय स्रोत साधनका कारण आफ्ना सन्ततिहरूलाई उच्च शिक्षा प्रदान गर्नबाट वञ्चित रहेको समसामयिक परिप्रेक्षकलाई मध्यनजर गरी छिटोछरितो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्न यो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि यस बैँकको प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको छ ।

उक्त शैक्षिक केन्द्र गण्डकी प्रदेशको समुद्घाटन प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनबाट गरिएको थियो ।

ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ