+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकको सीइओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण (भिडिओ)

पालिका लाइभ
२०८१ भाद्र २, आईतवार

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् ।

आज पदभार ग्रहण गर्नुअघि रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।

बैकिङ क्षेत्रमा रेग्मीको तीन दशकभन्दा लामो अनुभव छ। राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए।

surerandraraj regmi 1

उनले ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन्।

कार्यक्रममा आइएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरेका थिए।

रेग्मीले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार गर्दे ग्राहक सेवालाई थप सुदृढ गर्ने बताएका थिए। यस्तै उनले ग्लोबल आइएमई बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन प्रयत्न गर्ने बताएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ