काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफ्नो मातहतमा ल्याएका छन्।
गभर्नर अधिकारीले डेपुटी गभर्नर निलम ढुंगानालाई आर्थिक अनुसन्धान विभागको जिम्मा दिएर बैंक सुपरिवेक्षण विभाग आफ्नो मातहतमा तानेका हुन्।
यसअघि बैंक सुपरिवेक्षण विभाग डेपुटी गभर्नर बमबहादुर मिश्रबाट ढुंगानालाई दिइएको थियो। उनले सम्हाल्दै आएका भुक्तानी प्रणाली विभाग र नियमन विभागको जिम्मेवारी गभर्नर अधिकारीले अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई सुम्पिएका छन् ।
मिश्रले नेतृत्व गरिरहेको सुपरीवेक्षण विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी अब ढुंगानालाई दिइएको छ । अब डेपुटी गभर्नर मिश्रसँग राष्ट्र बैंकमा महत्वपूर्ण मानिने एउटा मात्र नियमन विभाग रहेको छ ।
प्रतिक्रिया