+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकद्वारा विराटनगरमा उद्यमीहरुका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना

पालिका लाइभ
२०८० पुष २४, मंगलवार

काठमाडौं– एनएमबि बैंकले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)संगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

15541 NMB Bank

उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित रहेको बैंकले जनाएको छ ।

सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १७१ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ