+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित

पालिका लाइभ
२०८० पुष ५, बिहीबार

काठमाडौं- डिजिटल वालेट आईएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ।

काठमाडौंमा म‌ंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आईएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तिय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आईएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्दछ।

आईएमई पे ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्चमार्क सेट गरेको जनाएको छ।

आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने आईएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ