+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकको ‘गज्जबको बचत खाता’मा उच्च ब्याजसहित स्वास्थ्य बीमा

पालिका लाइभ
२०८० मंसिर ६, बुधबार

काठमाडौं– बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितकोे परिमार्जित सुविधा सहित ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

न्युन्तम मौज्दात एक हजार रहेको यस खातामा बैंकले सर्वाधिक उच्च ब्याजदर ७.५१% प्रदान गर्नेुका साथै २० हजारसम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट/डेबिट कार्ड समेत उपलब्ध गराउने छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले २० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा स्तरवृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ ।

NRB byajdar notice

दीगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बीमा सुविधा आम मानवजिवनको महत्वपूर्ण साधनका रुपमा विकसित हुदैं आएका छन् । कुमारी बैंकले दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ ।

न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क क्रेडिटरडेबिट कार्ड समेत उपलब्ध गराएको ‘गज्जबकोे बचत खाता’ नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ