काठमाडौं– सुन तस्करीको छानबिन गर्न आयोग बनाउने सहमति भएपछि बुधवारबाट संसद खुल्ने भएको छ ।
बुधवार सिहंदरवारमा राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकले सुन तस्करीबारे २ बुँदे सहमति गरेसँगै संसद समेत खुलाउने निर्णय भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
‘अब आजबाट संसद खुल्छ’, उनले भने, ‘तस्करीको सुन छानबिनबारे आयोग बनाउन हामीले धेरै ठुलो मेहनत गर्नुपर्यो ।’
दलहरूबिच आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम थाल्ने गरी सहमति भएको हो ।
प्रतिक्रिया