+
Search

ताजा अपडेट +

पपुलर +

पालुङ्टारकाे बजेट : ८० करोड ४६ लाख

पालिका लाइभ
२०७७ असार ११, बिहीबार

गाेरखा- पालुङटार नगरपालिकाले ८० करोड ४६ लाख ५० हजार रुपैयाँको बजेट ल्याएकाे छ ।

बुधबार सम्पन्न सातौँ नगरसभाले साे बजेट पास गरेको छ  ल्याएकाे हाे ।

आउँदो आर्थिक बर्षका लागि नगरप्रमुख दीपकबाबु कँडेलद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको हो ।

नीति तथा कार्यक्रममा नगरपालिकाभित्र जन्मिएका बालबालिकाहरुलाई नगरपालिकाले दुईहजार रुपैयाँ राखी खाता खोलिदिने कार्यक्रम सञ्चालन गर्ने, गर्भ जाँच गराउन आउने महिलाहरुलाई ‘सुत्केरी झोला’ दिने र नियमित गर्भ जाँच गर्नेलाई सुत्केरी भत्तामा पाँचसय रुपिया थप गर्ने उल्लेख छ ।

त्यस्तै ‘दुई रुपियाँ राष्ट्रको लागि, मेरोलागि सदाकालागि’ भन्ने मूल नाराका साथ यूवा लक्षित कार्यक्रम अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कार्यक्रममा नगर उपप्रमुख एवं नगरसभा सदस्य तथा राजस्व तथा न्यायिक समिति संयोजक पम्फा बसेलले आउँदो आर्थिक वर्षमा बिभिन्न शीर्षकमा संकलन हुने अनुमानित राजस्व प्रस्तुत गरेकी थिइन् ।

बुधबारको सभाले नगरपालिकाकी उपप्रमुखले प्रस्तुत गरेको आर्थिक र विनियोजन विधयेक पारित गरेको छ ।

बजेटमा आम्दानीका स्रोतको रुपमा संघीय सरकारको तर्फबाट प्राप्त हुने समानिकरण अनुदान सत्र करोड त्रियानब्बे लाख, शशर्त अनुदान (चालु) तर्फ उन्तीस करोड अड्तीस लाख, समपुरक अनुदान तर्फ दुइ करोड चालिस लाख, राजश्व बाडफाड  नौ करोड अड्तीस लाख अन्ठाउन्न हजार चार शय असी कुल अनुदान रकम उनान्साठी करोड नौ लाख अन्ठाउन्न हजार चार शय असी रहेकाे  छ ।

प्रदेश सरकार तर्फवाट प्राप्त अनुदान समानीकरण अनुदान  एक करोड छबिस लाख चौवन्न हजार, राजश्व बाडफाड सन्ताउन्न लाख बहत्तर हजार, शशर्त अनुदान तर्फ पचास लाख रुपिया र जनसहभागिता एक करोड रुपिया गरि ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपिया  बजेट अाएकाे गाउपालिकाले जनाएकाे  छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ