+
Search

ताजा अपडेट +

पपुलर +

मुहार फेरिंदै विजया भवानी

मुहार फेरिंदै विजया भवानी
पालिका लाइभ
२०७६ जेष्ठ २३, बिहीबार

गोरखा– जिल्लाको दक्षिणी भेगमा अवस्थित सबैभन्दा पुरानो विजया भवानी माध्यमिक विद्यालयको भूकम्प पश्चातको नयाँ भवनका साथै नयाँ प्रशासनले मुहार फेरिँदै छ ।

जापानी सरकारको जाइकाद्वारा निर्मित १२ कोठे अत्याधुनिक सुविधा सम्पन्न भवनका साथै उच्च स्तरको खेलमैदानका कारण विद्यालयको मुहार फेरिएको हो ।

विद्यालयका पूर्व प्रधानाध्यापक दिल बहादुर गुरुङको सरुवा र नयाँ प्रधानाध्यापक ठाकुर गुरुङको नयाँ आगमन सँगै विद्यालयको आमूल परिवर्तन भएको हो ।

करिब एक दशक लामो निजी तथा संस्थागत विद्यालयमा अध्यापन गराएको अनुभव तथा दक्षता र निजी विद्यालयमा प्रशासन सम्हालेको अनुभवलाई भरपुर यस विद्यालयमा प्रयोग गरेका कारण विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको उनको ठम्याई छ ।

नेपाल सरकारको सीमान्तकृत सूचिमा सूचीकृत चेपाङ समुदायका विद्यार्थीको करिब ७० प्रतिशत अध्ययन हुने यस विद्यालयले नयाँ शैक्षिक नीति र नियम तथा चुस्त दुरुस्त प्रशासनका कारण विद्यालयको मुहार फेरिएको श्री विजया भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङ बत्ताउँछन् ।

आगामी साउन महिनादेखि कक्षा १० का विद्यार्थीहरूलाई केन्द्रित गरेर अनिवार्य आवासीय छात्रावास, दिवा खाजा कार्यक्रम, मासिक परीक्षा, इकाई पाठयोजना अनुसारको शिक्षण, निरन्तर विद्यार्थी मूल्याङ्कन, अंग्रेजी माध्यमको बिहानी प्रार्थना, प्रार्थनामा प्रतिभा प्रस्फुटन कार्यक्रम, शैक्षिक कार्यपात्रो अनुसारको शुक्रवारे कार्यक्रम लगायतका अन्य कार्यक्रम हुँदै आएको छ ।

आकर्षक कक्षाकोठा व्यवस्थापन, वालकक्षामा बुक कर्नरको व्यवस्था, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, अत्याधुनिक पुस्तकालय, मल्टिमिडियाबाट शिक्षण, मल्टीप्रपोजहलमा विविध विद्यार्थीको प्रतिभा प्रस्तुत, सूचकको आधारमा शिक्षकको स्वमूल्याङ्कन गर्ने व्यवस्था आदिका कारण विद्यालयको शैक्षिक उन्नति भएको प्रधानाध्यापक गुरुङको दाबी रहेको छ ।

नयाँ प्रशासन सँगै विद्यार्थीहरूलाई विद्यालय पोसाकमा चुस्त दुरुस्त, प्रार्थनामा नयाँ कार्यक्रम, कक्षागत गीत प्रस्तुत, खाली पिरियडको व्यवस्थापन, कक्षा मनिटर, प्रार्थनामा छड्के हाजिरी आदिको कारणले विद्यार्थीको मनोबल बढेको कक्षा १० मा अध्ययनरत छात्रा अनिसा पुलामी बत्ताउँछिन् ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।