+
Search

ताजा अपडेट +

पपुलर +

रसुवाबाट दुई किलो सुन बरामद, जुत्तामा लुकाएर काठमाडौं ल्याउन लागेका भरिया समातिए

रसुवाबाट दुई किलो सुन बरामद, जुत्तामा लुकाएर काठमाडौं ल्याउन लागेका भरिया समातिए
पालिका लाइभ
२०८१ मंसिर ७, शुक्रबार

काठमाडौं -प्रहरीले रसुवाबाट अवैध रुपमा भित्र्याइएको दुई किलो सुन बरामद गरेको छ ।

कालिका गाउँपालिका-१ ग्राङबाट दुई किलो सुन फेला परेकाे हाे। प्रहरीले यस घटनामा गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सुन भेटाएको हाे।

मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाएर सुन ओसारपसार गरेको फेला परेको हाे।

‘अहिलेसम्म लामा भरिया भएको देखिएको छ। थप अनुसन्धानले खुल्ला,’ जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले भने।

सुन चीन नाकाबाट रसुवा हुँदै काठमाडौं ल्याउन लागिएको खुलेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।