+
Search

ताजा अपडेट +

पपुलर +

धनगढीमा एभरेष्ट बैंकको १३४ औँ शाखा सञ्चालन

धनगढीमा एभरेष्ट बैंकको १३४ औँ शाखा सञ्चालन
पालिका लाइभ
२०८३ आश्विन ७, बुधबार

काठमाडौं– एभरेस्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा १३४ औँ शाखा विस्तार गरेको छ ।

साथै सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ । बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरू यहीँ नयाँ भवनबाट प्रदान गर्ने जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा सङ्ख्या १५ पुगेको छ ।

धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रूपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरू तथा बैंकका अन्य कर्मचारी लगायत स्थानीयवासीको उपस्थिति थियो ।

क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।