+
Search

ताजा अपडेट +

पपुलर +

भावुक हुँदै देउवाले गगन र विश्वप्रकाशलाई भने: म तयार छु, पार्टी नफुटाऊ

पालिका लाइभ
२०८२ पुष ३०, बुधबार

काठमाडौं– नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको भेट सकिएको छ ।

देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भएन । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहानै छलफलका लागि बोलाएका थिए ।

देउवासँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवाको सक्रियताबारे चासो राखेका थिए ।

‘२८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा जसरी आउनुभएको थियो, यसबाट तपाईंको सम्मान बढेकै थियो । फेरि किन सक्रिय हुनुभयो ? यसले सम्मान बढाउँदैन । तपाईं निष्क्रिय हुनुस्,’ देउवालाई गरिएको आग्रहबारे महामन्त्रीहरूले भने ।

उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो ।

सभापति देउवासँगको छलफलमा ठोस निर्णय नआएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा छन् ।

विशेष महाधिवेशन पक्षधरका अनुसार हिजो वार्ता टोलीसँग भएको सहमतिबाट समेत सभापति देउवा पछि हटेका कारण दुई महामन्त्री वार्ता छोडेर निस्किएको र अब निर्वाचन प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ