+
Search

ताजा अपडेट +

पपुलर +

देशभरका कर कार्यालयमा २५५ शाखा तथा कर अधिकृतको हेरफेर

देशभरका कर कार्यालयमा २५५ शाखा तथा कर अधिकृतको हेरफेर
पालिका लाइभ
२०८२ भाद्र १४, शनिबार

काठमाडौं– आन्तरिक राजश्व विभागले कर प्रशासनलाई अझ प्रभावकारी र गतिशील बनाउने उद्देश्यसहित व्यापक हेरफेर गर्दै दुई सय ५५ जना शाखा अधिकृत तथा कर अधिकृतको सरुवा गरेको छ।

विभागले जारी गरेको विवरणअनुसार सरुवा भएका अधिकृतहरूलाई आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा पुनः पदस्थापन गरिएको छ।

राजश्व संकलनलाई समयानुकूल र चुस्त-दुरुस्त बनाउन, कर प्रशासनलाई चलायमान राख्न र करदातासँग सम्बन्धित सेवामा सुधार ल्याउन यो सरुवा गरिएको विभागको दाबी छ। राजधानीमा मात्र नभई जिल्लास्तरका कार्यालयहरूमा कार्यरत अधिकृतहरूलाई समेत सरुवा गरिएको छ।

यसअघि पनि विभागले प्रत्येक आर्थिक वर्षको सुरुवातमै कर अधिकारीहरूको ठूलो संख्यामा सरुवा गर्दै आएको छ।

विभागका अनुसार यसप्रकारको नियमित सरुवाले कर्मचारीबीच उत्तरदायित्व र पारदर्शिता बढाउने मात्र नभई राजश्व संकलन प्रक्रियालाई समेत व्यवस्थित बनाउन सहयोग पुग्नेछ।

विभागले यसपटकको सरुवाबाट कर संकलनको गति बढ्ने, करदाताले सेवा सहज रुपमा पाउने र राजश्व प्रशासनप्रति विश्वास थपिने विश्वास लिएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।