+
Search

ताजा अपडेट +

पपुलर +

शेखर कोइरालाले भने– उखु किसानका माग तुरुन्त पुरा गरौं

शेखर कोइरालाले भने– उखु किसानका माग तुरुन्त पुरा गरौं
पालिका लाइभ
२०८२ भाद्र १०, मंगलवार

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कृषि क्षेत्रलाई र किसानका विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । उखुका बोटसहित किसानहरु आन्दोलनमा आउनु दु:खद स्थिति भन्दै उनले उखु किसानका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दु:खद स्थिति हो । उनीहरुको माग तुरुन्त पुरा गरौं ।’

बजेट अभाव देखाउँदै सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि आन्दोलित उखु किसानहरुले उखुका लाक्रा बोकेर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारमाथि विभिन्न प्रश्नहरु गरेका छन् । ‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?’ डा. कोइरालाको प्रश्न छ ।

उनको थप प्रश्न छ, ‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?’

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।