+
Search

ताजा अपडेट +

पपुलर +

पेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ मुल्य बढ्यो

पालिका लाइभ
२०८२ असार १७, मंगलवार

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

मुल्य बढेपछि काठमाडौं , पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको मुल्य एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४९ रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको  मुल्य एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मुल्य एक सय ४८ रुपैयाँ पुगेको छ ।

विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको मुल्य एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको मुल्य एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी हवाइ इन्धनको मुल्य पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ