+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तह संघीयताको मेरुदण्ड हुन् : मन्त्री गुप्ता

पालिका लाइभ
२०८२ असार १०, मंगलवार

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई संघीय लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्डको रूपमा परिभाषित गरेका छन् ।
नागार्जुन नगरपालिकाको ११ औं नगरसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले स्थानीय तहमार्फत जनतासम्म सेवा, विकास र सुशासन पुर्‍याउन सकिने बताए । उनले भने ूस्थानीय सरकारहरू नजिकको सरकार हुन्, ती नै संघीयताको मेरुदण्ड हुन्। जब स्थानीय तह सबल र पारदर्शी हुन्छन्, तब मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ।

मन्त्री गुप्ताले नागार्जुन नगरपालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटलाई सन्तुलित र समावेशी भन्दै प्रशंसा गरे । उनले शिक्षामा गुणस्तर वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य पहुँच, वातावरण संरक्षण तथा सूचना प्रविधिमा नगरपालिकाको प्राथमिकता स्वागतयोग्य भएको बताए ।

उनले थपे, “नागार्जुन नगरपालिकाले समावेशी विकासको दृष्टिकोण अपनाउँदै सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिरहेको छ, जुन अत्यन्त सराहनीय छ। अन्य पालिकाले पनि यस्तो अभ्यासबाट प्रेरणा लिनुपर्छ।”

नगरसभामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

सभाको समापनमा नगरप्रमुखले धन्यवाद ज्ञापन गर्दै नगरवासीको विश्वास र सहयोगमा आधारित रहेर आगामी कार्ययोजना कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरे ।

११ औं नगरसभाबाट आगामी आर्थिक वर्षमा नगरको विकास योजनालाई थप प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ