+
Search

ताजा अपडेट +

पपुलर +

एमाले सांसद थापाको प्रस्ताव- नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौँ

एमाले सांसद थापाको प्रस्ताव- नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौँ
पालिका लाइभ
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं– नेकपा एमाले सांसद सूर्यबहादुर थापाले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् ।

सोमवार अर्थ समितिमा बाफिया बारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् ।

उनले भने– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए ।

उनका अनुसार यसले नोटको महत्त्व बढाउनेछ ।

प्रतिक्रिया