+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

पालिका लाइभ
२०८२ बैशाख ३०, मंगलवार

काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको बताइएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित समेत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ