+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित

पालिका लाइभ
२०८२ बैशाख ३, बुधबार

काठमाडौं– आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

बुधवार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १२.३ ओभरको खेलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि ओपनर साहिल पटेल ४२, कप्तान नरेन भट्ट ३९ र नीरज यादवले २३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि युवराज खत्रीले ४ र विपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिवार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ