+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकको सात प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, ६ हजार बढी सहभागी

पालिका लाइभ
२०८१ चैत्र ११, सोमबार

काठमाडौं– ग्लोबल आईएमई बैंकले ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा देशका सातै प्रदेशमा विद्यार्थी तथा युवायुवती लक्षित वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापी सञ्चालन गरेको छ ।

बैंकले सञ्चालन गरेका ती कार्यक्रममा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवती सहभागी थिए ।

यसका साथै नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाले आयोजना गरेका कार्यक्रममा समेत ग्लोबल आईएमई बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि गर्ने ब्यानरसहित सहभागी थिए ।

ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५५ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ