+
Search

ताजा अपडेट +

पपुलर +

मकवानपुरमा ज्ञानेन्द्र शाहीले भने- आफैँ मन्त्री हुने आफैँ प्रधानमन्त्री हुने व्यवस्था ठिक छैन

पालिका लाइभ
२०८१ चैत्र १, शुक्रबार

मकवानपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान कांग्रेस, माओवादी र एमालेलाई चुनौती दिएका छन् ।

बिहीबार थाहा नगरपालिका शिखरकोटमा आयोजना भएको दोस्रो थाहा नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले  यहि व्यवस्थाले देश बरबाद भएको दाबी गरे ।

सांसद् शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थामा गए राप्रपाको समर्थन रहने बताएका हुन् ।

‘तपाईंहरूसँग दुई तिहाइ छ। हिम्मत र देश बनाउने इच्छा छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस् तपाईँहरूलाई हामी समर्थन गर्छौँ । अनि चुनाव लडेर आऔँ, जितौँ,’ उनले भने । ‘आफैँ मन्त्री हुने आफैँ प्रधानमन्त्री हुने व्यवस्था ठिक भएन ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ