+
Search

ताजा अपडेट +

पपुलर +

शाखा अधिकृतको सरुवा : ३० स्थानीय तहमा, १६ सिंहदरबारमा

पालिका लाइभ
२०८३ भाद्र २६, शुक्रबार

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४६ जना शाखा अधिकृतको सरुवा गरेकाे छ।

मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार ३० जना शाखा अधिकृतलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित सरूवा गरेकाे हाे । यस्तै, १६ जना शाखा अधिकृतलाई विभिन्न मन्त्रालय तथा निकायमा सरुवा गरिएको छ।

सरुवा सूचीअनुसार तुलसी उपाध्यायलाई त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ। उनी यसअघि दैलेखको ठाँटीकाँध गाउँपालिकामा कार्यरत थिए।

यस्तै, कारागार व्यवस्थापन विभागमा कार्यरत ज्योत्स्ना जोशी भट्टलाई जानकी गाउँपालिका, राष्ट्रिय योजना आयोगका हरिबहादुर पोखरेललाई डोल्पा, कम्पनी रजिस्ट्रारको कार्यालयका चेतनकुमार खत्रीलाई पातला गाउँपालिका तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका जनकराज शर्मालाई पूर्वीचौकी गाउँपालिकामा खटाइएको छ।

विद्युत् विकास विभागका गोपाल कडरियालाई काइके गाउँपालिका तथा युवा तथा श्रम रोजगार मन्त्रालयका उत्तम शर्मालाई शे–फोक्सुण्डो गाउँपालिकामा पठाइएको छ।

त्यसैगरी, सूचना तथा सञ्चारसम्बन्धी निकायमा कार्यरत यशोदा अर्याललाई कनकासुन्दरी गाउँपालिका, हुलाक निर्देशनालय सुर्खेतका सुनिता खत्रीलाई ठाँटीकाँध गाउँपालिका तथा बमबहादुर नेपालीलाई जिल्ला समन्वय समिति, हुम्लामा खटाइएको छ।

अर्थ मन्त्रालयबाट सुशीला लेखकलाई डोटीको जोरायल गाउँपालिका र राजबहादुर सार्कीलाई गन्यापधुरा गाउँपालिकामा पठाइएको छ। राष्ट्रिय योजना आयोगका गणेश एडीलाई नाम्खा गाउँपालिकामा खटाइएको छ।

गृह मन्त्रालयमा कार्यरत नीता धामीलाई नौगाड गाउँपालिका र सत्यकुमारी जोशीलाई केआईसिंह गाउँपालिकामा पठाइएको छ। थारू आयोगका प्रमोद चनलाई मार्मा गाउँपालिका तथा मुस्लिम आयोगका मिनराज आचार्यलाई खत्याड गाउँपालिकामा खटाइएको छ।

सरुवा भएका शाखा अधिकृतमध्ये अधिकांशलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने केहीलाई संघीय सरकारअन्तर्गतका मन्त्रालय तथा संवैधानिक/सरकारी निकायमा जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ